कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ३ सय २

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ३ सय २ जनाको पीसीआर परीक्षणमा २ सय १४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै सुर्खेतका १ सय ७२ जना रहेका छन् ।

यस्तै, दैलेखका २१, जुम्लाका ९, कालिकोटका ४, मुगुका १ र अन्य प्रदेशका ७ जनामध्ये बाँकेका ३, बर्दियाका २ तथा काठमाडौं र प्युठानका १–१ छन् ।

पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा गरिएको र्यापिड एन्टीजेन परीक्षणमा ४५ जनामा कोरोना पुष्टि छ । पुष्टि हुनेमा दैलेखका ११, जुम्ला र कालिकोटका १३–१३, डोल्पाका ६ र मुगुका २ जना रहेका छन् ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कर्णालीमा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा सल्यानका दुई र सुर्खेतका एक जना छन् । कर्णालीमा दोस्रो लहरको कोरोना संक्रमणबाट मात्रै १६ जनाको मृत्यु भएको छ ।

यसअघि पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको निर्देशनालयको भनाई छ । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ६ सय ३३ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनमा बसेका १० जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

१८
वैशाख, २०७८ शनिवार
पञ्चमी – मजदुर दिवस
Nepali Patro
ताजा अपडेट

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिकमा भर्ना
काठमाडौं । एमाले नेता झलनाथ खनाल कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित भएका उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । nepalwatch

बाँकेमा अहिलेसम्म कोरोनाबाट २३८ को मृत्यु
बाँके । नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको शनिबार मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला

कर्णालीमा २१४ संक्रमित थपिए, तीनको मृत्यु
सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ३ सय २ जनाको पीसीआर परीक्षणमा २ सय १४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *